"मातृभाषामा व्यवहारिक शिक्षा, हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान"
WE WANT LIMBUWAN

Message of From President

निबर्तमान अध्यक्षको सन्देश

टंक फोम्बो
अध्यक्ष

लिम्बू बिद्यार्थी मञ्च सम्पुर्ण लिम्बू बिद्यार्थीहरुको साझा, गौरबशाली र शक्तिशाली जातिय बिद्यार्थी संगठन हो । खास गरिकन लिम्बू बिद्यार्थीहरुको हकहित स्थापित गर्नका निम्ति २०५५ साल चैत्र ६ गते स्थापना भई हाल सम्ममा १ क्षेत्रिय कार्य समिति, १५ वटा जिल्ला कार्य समिति र १५० वटा भन्दा बढी उच्च मा. बि. र क्याम्पस शाखा समितिहरु क्रियाशिल छन । यसको साथै लिम्बू भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नका साथै आफनो पहिचान स्थापित गर्नका लागि लिम्बुवान स्वायत्त राज्यको प्राप्ती मञ्चले अपरिहार्य ठानेको छ । बिद्यार्थी संगठनको हैसियतले शैक्षिक पुनःसंरचना गरी बहुभाषिक शिक्षा निति अबलम्बन गरिनु पर्दछ भन्ने मुद्घा लाई आत्मसात गर्दै मञ्च क्रियाशिल छ । त्यो लिम्बुवानको शिक्षा, बिकास, संस्कृति, अस्तित्व र पहिचानहरुको दिगो बिकास लिम्बुवान स्वायत्त राज्यको स्थापना पछि मात्र हामिले सम्भब देखेका छौ । र त्यो लिम्बुवान पनि बिशिष्ट जातिय ऐतिहासिक पृष्टभुमिको आधारमा अरुण पूर्वका नौवटा हालका जिल्लाहरु एक इन्च पनि तलमाथि नगरि हुनुपर्दछ । त्यो लिम्बुवानको ब्याबस्थापन र संञ्चालनार्थ लिम्बुवानी एकता र जातिय सदभाबको आवश्यकता चाहिन्छ त्यो लिम्बू बिद्यार्थी मञ्चले पहल गरिरहेको छ ।  लिम्बुवान नेपालमा भर्खरै भएको जनआन्दोलनले ल्याएको परिणाम होईन, यो त ऐतिहासिक बिरासत र जातिय बिशिष्टता बोकेको भुमी हो । बिना कुनै प्रमाण र आधार हामिले कसैंसँग भिख पनि मागेको होईन । लिम्बुवानले बिखण्डन ल्याउँछ भनेर प्रचारबाजि गर्ने मित्रहरुलाई गतिलो बैचारिक झापटको लागि हामिसँग यथेष्ट आधार र प्रमाणहरु छन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरेर आत्मनिर्णयको अधिकार सहितको लिम्वुवान स्वायत्त राज्य प्राप्त गर्नु हाम्रो मुलबाटो हो । यसका खातिर संवैधानिक ग्यारेण्टी गराउँन, संबीधानसभा राज्यको पुनःसंरचना तथा शक्तिको बाँडफाड समितिमा हाम्रो मुद्धा समेटन, अर्ढाईसय वर्षम्म सुषुप्त राखिएको हाम्रो आवाजलाई बुलन्द बनाउँन, जस्ता मुद्धाहरूलाई उचाईमा पु-याउँन आजको हाम्रो प्रमुख मुद्धा बनेको छ । यदि ३३२ वर्षसम्म स्वायत्त गणराज्यको रूपमा स्थापित लिम्वुवान स्वायत्त राज्यलाई संबीधानसभा मार्फत सम्वोधन राज्यले गर्दैन भने हामी शशक्त आन्दोलनमा उत्रने चेतावनी दिन्छौँ । त्यति मात्र नभएर अब लेखिने संविधानमा हाम्रो अधिकार/चाहनालाई समेटिएन भने फेरी अर्को युद्ध हुनेछ र त्यो युद्ध निश्चय नै जातिय युद्ध हुनेछ र त्यसले कसैको भलो गर्दैन । नेपालमा धेरै बिविधता मध्ये जातिय बिविधता एक महत्वपुर्ण पाटो हो । यसलाई नेपालले समेटन सक्यो भने त्यो उसको सम्पत्ति हुनेछ । तर यसलाई समयमै सहि तरिकाले सदुपयोग गरेर समेटेन भने दिगो दन्द्ध हुन्छ । त्यसैले नेपालले दिगो बिकास र शान्ती चाहाने हो कि - कि दिगो दन्द्ध -  हामी त शान्तिपूर्ण वातावरणमा विश्वास गछौँ र हाम्रो अटल विश्वासमा राज्यले घात गर्ने, दमन गर्ने नीति लिने अवस्थामा आफ्नो हक अधिकार बहाली गर्न जस्तोसुकै अप्रीय निर्णय लिन पनि पछि पर्ने छैनौँ । त्यसको साथै नेपालमा बृहत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पु-याउँनु, निर्धारित समय बि.स.२०६७ साल ज्येष्ट १४ गते भित्र राम्रो र हाम्रो स्वामित्व र अपनत्व कायम हुने नयाँ संबिधान जारि गराउँनु, एनेकपा माओबादि को क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेनाहरुलाई समायोजन गराउँनु जस्ता महत्वपुर्ण मुद्धाहरु माथि हाम्रो ध्यान जान जरुरी छ । यसका खातिर दबाब स्वरुप मञ्चले बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । नेपालको राजनैतिक अस्थीरता, शैक्षिक अस्थीरता र असुरक्षाको कारण धेरै युवाहरु आफ्नो उज्वल भविश्यको लागि बिदेश पलायन हुदैंछन । नेपालको शिक्षा प्रणाली २१ औं शताब्दी सुहाउँदो बैज्ञानिक, ब्यबाहारिक र सीपमुलक नहुनु पनि अर्को महत्वपुर्ण कारण हो । नेपालमा विद्यमान गरीबी, बेरोजगार, लोडसेडीङ र सामाजिक अपराधहरु जस्तैः हत्या, हिंसा, अपहरण आदि दिनानुदिन बढ्दै जानाले पनि युवाहरु आफ्नो सुरक्षित भबिश्यको लागि बिदेशिन बाध्य छन । अब २० बर्षपछिको सुन्दर नेपालको कल्पना गर्ने हो भने ति भबिश्यका संम्भावित कर्णधार युवाहरुलाई स्वदेश मै रमाउँने दिगो बिकासको वाताबरण सृजना गर्नुपर्दछ । त्यसैले सम्पूर्ण लिम्बू बिद्यार्थी हरुलाई आफ्नो अधिकार र पहिचान स्थापित गर्न सचेत पार्नका लागि मञ्च क्रियाशिल छ ।